अर्घाखाँचीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १६:५८ मा प्रकाशित

अर्घाखाँची, ८ जेठ– अर्घाखाँचीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

शीतगङ्गा नगरपालिका–७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर प्युठान नौबहिनी गाउँपालिका–८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए

। उनीहरू काका भतिज भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टम गरी उनीहरूको शव आफन्तको जिम्मा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us