केशव स्थापितले पाए बालेनको भन्दा तेब्बर भोट

काठमाण्डु टुडे २०७९ जेठ ५ गते २१:०७ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– काठमाण्डु महानगरपालिकाको मेयरमा एमालेका केशव स्थापितले अप्रत्याशित मत ल्याउन थालेका छन् ।

नेवारी मतदाता रहेको मुख्य सहरको मतगणना सुरु भएसँगै स्थापितको मत ह्वात्तै बढेको हो । वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना हुँदास्थापितको मत स्वतन्त्र उम्मेदवार बालेन शाहको भन्दा ५० प्रतिशत कम थियो ।

तर, महानगरको २७ नम्बर वडाको जारी मतगणनामा स्थापितले बालेनभन्दा तेब्बर बढी मत ल्याएका छन् । उक्त वडाको ३ सय मत गणना हुँदा स्थापितले १ सय ४६ र बालेनले ४३ मत मात्रै पाए ।

काँग्रेस उम्मेदवार सिर्जना सिंहले ४१ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३१ म्त पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us