भरतपुर महानगरमा रेणु दाहालले जित्ने संकेत

काठमाण्डु टुडे २०७९ जेठ ४ गते २०:२५ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– भरतपुर महानगरको मेयर उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले प्रतिस्धर्पीसँगको मतान्तर फराकिलो पार्दै गएकी छन् । एमालेका विजय सुवेदीभन्दा रेणु २ हजार २ सय ५ मतले अगाडि छन् ।

३१ हजार ७ सय ९३ मत गणना गर्दा रेणुले ११ हजार ७ सय र सुवेदीले ९ हजार ५ सय ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार काँग्रेसका बागी जगन्नाथ पौडेललको ५ हजार १ सय ७१ मत छ ।

उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार काँग्रेसका चित्रसेन अधिकारी १३ हजार ९ सय ३८ मतसहित अगाडि छन् । एमाले–रापप्रा गठबन्धनकी उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ७ हजार ७ सय ५० मत ल्याएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us