केपी ओलीको गृहनगर दमकमा एमाले अग्रता कायमै

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते २३:०७ मा प्रकाशित

झापा, ३१ वैशाख– एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकको मेयरमा एमाले उम्मेदवार गीता अधिकारीले अग्रता कायमै राखेकी छन् ।

२ हजार १ सय ५९ मत गणना हुँदा एमाले मेयर उम्मेदवार गीता अधिकारीले ९ सय ५९ मत प्राप््त गरेकी छन् ।

काँग्रेस, माओवादी केन्द्र र राप्र्रपाका संयुक्त उम्मेदवार राम थापाले ८ सय ९५ मत पाए ।

उपमेयरमा कांग्रेस उम्मेदवार रेगिना भट्टराईले ८ सय ८६ र एमालेकी अम्बिका खनालले ८ सय ४४ मत ल्याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us