काठमाण्डु महानगरमा बालेनको अग्रता फराकिलो हुँदै

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते २१:४७ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख–काठमाण्डु महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता बढ्दै गएको छ ।

१ हजार ८ सय मत गणना गर्दा बालेन ६ सय ३३ मतसहित अगाडि छन् ।

एमालेका केशव स्थापितले ४ सय ७२ मतसहित बालेनलाई पछ्याइरहेका छन् । सत्ता गठबन्धनबाट काँग्रेसकी सिर्जना सिंह ३ सय ३५ मत ल्याएकी छन् ।

राप्रपाका मदनदास श्रेष्ठले १ सय २ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६२ मत पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us