काठमाण्डुको मेयरमा बालेनले जित्ने संकेत

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १५:४९ मा प्रकाशित

काठमाण्डु,, ३१ वैशाख– काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।

५ सय २९ मत गन्दा साह १ सय ७८ मतसहित अगाडि छन् । काँग्रेस उम्मेदवार सिर्जना सिंहले १ सय २० मतसहित उनलाई पछ्याएकी छन् ।

तेस्रो स्थानमा एमालेका केशव स्थापित छन् । स्थापितले १ सय १० मत प्राप्त गरेका छन् ।

स्वतन्त्र तर्फकै अर्का उम्मेदवार सुमन सायमीले ३० मत र राप्रपाका मदनदास श्रेष्ठले २३ मत ल्याएका छन् ।

अहिले काठमाण्डुको १ र ३२ नम्बर वडाको मतगणना जारी छ । यही अनुपातमा मत पाए काठमाण्डुको मेयरमा बालेनले जित्ने पक्काजस्तै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us