दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

काठमाण्डु टुडे २०७९ वैशाख २८ गते ७:५० मा प्रकाशित

काठमाण्डु, २८ वैशाख–आउँदो जे ठ १ गते दे खि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मङ्गलबार राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सो ही निर्णय राजपत्रमा प्रकाशित भएको हो । यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबार सम्म कार्यालय समय बिहान साढे ९ बजे देखि बेलुका साढे ५ बजे सम्म हुने छ तर कात्तिक १६ दे खि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजे दे खि अपराह्न साढे ४ बजेसम्म हुने छ ।२०७९ सालका लागि निर्धारण गरि एका दशैँ र तिहार का सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा भने तेस्रो दिनदेखि गृह मन्त्रालयले निर्धारण गरे अनुसार सेवा प्रवाह गराउनुपर्ने राजत्रमा उल्ले ख छ ।

सार्वजनिक समयमा से वा प्रवाह गर्ने कर्मचारीले सट्टा बिदा पाउने छन् । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरूमा अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खाने पानी अध्यागमनलगायतका छन् । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us