तालमेलले काँगेसमा चर्को असन्तुष्टि

काठमाण्डु टुडे २०७९ वैशाख ८ गते ७:२४ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ ।

तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको  छ ।

विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी जसपालाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्ने निर्णय गरेर यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको समिति झस्किएको छ ।

महानगर समितिले भने यसअघि विराटनगरभित्र कोहीसँग पनि चुनावी तालमेल नगर्ने निर्णय गर्दै मेयर तथा उपमेयरका आकांक्षीमध्येबाट नाम पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरिसकेको थियो । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us