एमाले कार्यकर्ताको नेतृत्व पनि मैले नै गर्ने होः प्रचण्ड

काठमाण्डु टुडे २०७९ वैशाख १ गते १४:१५ मा प्रकाशित

sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाण्डु, १ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नतृत्वले धेरै इमान्दार कार्यकर्तालाई बन्दी बनाएको आरोप लगाएका छन् ।

एमाले कार्यकर्ता प्रतिक्रियावादी/प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वका बन्दी भएको आरोप उनले लगाए । बिहीबार खुमलटारस्थित आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेमा सबै खराब मानिस रहेको ठान्न नहुने उल्लेख गरे । तर, नेतृत्व भने प्रतिगामी रहेको आरोप उनको थियो । प्रचण्डले एमालेका इमान्दार कार्यकर्ताको नेतृत्व पनि आफैंले गर्ने बताए ।

‘एमालेका सबै खराब छन् भन्ने सोच्नुहुँदैन,’ प्रचण्डले भने, ‘, तीन वर्षमा मैले हेरेको छु । त्यहाँ ८० प्रतिशतभन्दा बढी इमान्दार कम्युनिष्ट नै छन् । तर, नेतृत्वले धेरै भ्रम दिएर बन्दी बनाएर राखेको छ ।’ प्रचण्डले बन्दी अवस्थामा रहेका एमाले कार्यकर्तालाई आफूले मुक्त गर्ने र नेतृत्व पनि लिने जिकिर गरे ।

‘हामीले तीनलाई मुक्त गर्नुछ छ र तीनको पनि नेतृत्व गर्नुछ’, उनले भने, ‘त्यो सोचाइ नराखीकन क्रान्ति अगाडि बढ्दैन ।’ उले एमालेसँग पार्टी एकीकरण गर्दा ६० प्रतिशत हिस्सा आफूहरुको भएको भए पार्टी विभाजन नहुने बताए । नेकपा कालमा एमालेका धेरैले अबको नेता प्रचण्ड नै हो भन्न थालेपछि भयानक षड्यन्त्र सुरू भएको दाबी उनले गरे । एमालेकै नेताहरुले केही समय पार्टी नफुटाएको भए नेकपा प्रचण्डले खाइसकेको हुन्थ्यो भनेर भनर्् हिंड्ने गरेको सुनाए ।

a

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us