अछाम, २१ चैत– सत्ता गठबन्धनका तीन दल काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछाममा वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् ।
तीन दलका जिल्ला नेताको सोमबार बसेको बैठकले पालिकादेखि वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेको हो । उनीहरुले जिल्लाका १० वटै स्थानीय तह र ९१ वटा वडामा तालमेल गर्ने लिखित सहमति गरेका छन् ।
सहमतिमा कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका संयोजक रवीन्द्र साउद र नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिरण्ड भट्टराईले सहमतिमा हस्ताक्षर गरेका छन् ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा शाह, साउद र भण्डारीले स्थानीय कमिटी र कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न निर्देशन दिएका छन् ।