नेपाल लगातार चार खेलमा विजयी

काठमाण्डु टुडे २०७८ चैत १९ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, १९ चैत– टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।

आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्‍यो। यससँगै नेपाल लिग चरणमा सबै चार खेलमै विजयी भयो।

मलेसिया पराजित भएसँगै पिएनजी फाइनलमा पुग्न सफल भयो। अब नेपाल र पिएनजीबीचको फाइनल आगामी सोमबार हुनेछ।
शनिबार कीर्तिपुर मैदानमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल खेल्न बाँकी छदा १३८ रनमा अलआउट भयो। मलेसियाका लागि कप्तान अहमद फाइजले सबैभन्दा बढी ३३ रन जोडे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us