काठमाण्डु, १८ चैत– कमिशन बढाउन दबाब दिने उद्देश्यले व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण बन्द गरेका छन् ।
इन्धनको मूल्यसँगै ढुवानीको लागत बढेको भन्दै उनीहरुले पेट्रोल, डिजेल तथा एलपी ग्यासको ढुवानी रोकेका हुन् । एलपी ग्यास उत्पादक एसोसिएसनका अध्यक्ष कुस मल्लीले घाटा खाएर इन्धन ढुवानी गर्न नसकिने बताए ।
मल्लीले पटकपटक ध्यानाकर्षण गराउँदासमेत आयल निगमले ढुवानी भाडा नबढाएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको दाबी गरे ।