आसिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित

काठमाण्डु टुडे २०७८ चैत १६ गते १५:३२ मा प्रकाशित

काठमाण्डु, १६ चैत– आसिफ शेखको अर्धशतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियामाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । आसिफलाई सायद अजिजले क्याच आउट गराए ।नेपालका लागि दिलीप नाथले १५ रन बनाउँदा कुशल मल्लले २ रन बनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us