नेपालद्वारा पीएनजीलाई २ सय ७९ रनको लक्ष्य

काठमाण्डु टुडे २०७८ चैत १२ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, १२ चैत–  दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) ले २ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।

नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us