दिपेन्द्रको पहिलो अर्धशतक

काठमाण्डु टुडे २०७८ चैत १२ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, १२ चैत–  दिपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । घरेलु मैदानमा जारी पपुवा न्यूगिनिविरुद्धको खेलमा ८४ बलमा तीन चौका सहित ५० रन बनाए ।

दुवै ओपनर गुमाएपछि क्रिजमा आएका दिपेन्द्रले देव खनालसँग नेपालका लागि ओडीआईमा हालसम्मकै उच्च साझेदारी गरेका छन् । उनले देवसँग १ सय १४ रनको साझेदारी गर्दै अर्धसतक बनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us