पीएनजीसँग नेपाल पराजित

काठमाण्डु टुडे २०७८ चैत ११ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, ११ चैत–  पपुवा न्यूगिनीविरुद्धको पहिलो एक दिवसीयमा नेपाल पराजित भएको छ । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले बनाएको उत्कृष्ट सतक नेपाललाई जित दिलाउन पर्याप्त भएन ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार पपुआ न्युगिनीविरुद्ध कीर्तिमानी २ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाल ६ रनले पराजित भयो ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनैपनि टोलीले नेपालविरुद्ध बनाएको यो अहिलेसम्मकै सबैभन्दा बढी रन थियो । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन जोड्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us