काठमाण्डु, ८ चैत– आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ। नेपालले मंगलबार दुबईमा भएको खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको हो।
पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धसतकीय पारी खेले ।