माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले पायो पूर्णता

काठमाण्डु टुडे २०७८ चैत २ गते १७:१९ मा प्रकाशित

बुटवल, २ चैत– सात्तापक्ष नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिले पूर्णता पाएको छ । पुसमा सम्पन्न माओवादीको आठौं महाधिवेशनपछि चैतमा आएर लुम्बिनी प्रदेश कमिटीले पूर्णता पाएको हो।

प्रथम पूर्ण बैठकबाट सुदर्शन बराल मगरको नेतृत्वमा समितिले पूर्णता पाएको हो। अध्यक्ष मगरसँगै उपाध्यक्षमा दुर्गा थारु कबिर, लुमाकान्त न्यौपाने (सागर), वीरबहादुर खत्री चयन भएका छन्।

त्यसैगरी सचिवमा कृष्ण अधिकारी (प्रकाश) चयन भएका छन्। सह सचिवमा अक्कलबहादुर बम, काशीराम यादव, पार्वती विक चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी निर्दोष अलिले पाएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us