काठमाण्डु, २७ फागुन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावबाटै ठेगान लगाइदिने दावी गरेका छन् । पोखरामा आज प्रेस चौतारी नेपालको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् ।
उनले भने – ‘देशको राजनीति बिगार्न नदिन बलिदान, रगत बगाउने होइन, सडकमा गइराख्नुपर्ने अवस्था पनि छैन । हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौं, किनकि, महान जनताको साथ हामीलाई छ।’
ओलीले भने– ‘राजनीतिक शक्ति अहिले दुई धारमा बाँडिएको छ, एउटा लोकतन्त्रको पक्षमा अर्को मुद्दा मामिला, झुट, जाली, फटाहाको पक्षमा छन् । तपाईँहरू सत्यको संवाहक बन्नुस्।’