एमसीसीबारे माओवादीको लिखित निर्णय आउन ढिला भएपछि देउवा बालकोट जाँदै

काठमाण्डु टुडे २०७८ फागुन १४ गते १६:०६ मा प्रकाशित

काठमाण्डु, १४ फागुन–  एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेका बेला एमालेसँग सहयोगको हात बढाएका प्रधानमन्त्री शेरबहादुर देउवा आज पुनः बालकोट जाँदैछन् ।

माओवादीको लिखित निर्णय आउन ढिला भएपछि देउवाले आजै साँझ बालकोट आउने जानकारी केपी ओलीलाई गराएका छन् । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ताअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुबीच बालकोटमै छलफल हुँदैछ ।

स्रोतका अनुसार माओवादी केन्द्रले एमसीसी पारित गर्न सघाउने र गठबन्धन जोगाउने मध्यमार्गी विकल्प लगे पनि प्रधानमन्त्री विश्वस्त हुन नसकेको र माओवादीलाई साथमा लिएर हिड्दा अन्तर्राष्ट्रिय समुदायसमेत कांग्रेसप्रति सकारात्मक नहुने देखिएपछि देउवाले एमालेको सहमतिमा जोड दिएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us