सातै प्रदेशमा अधिवेशन गर्दै नेपाल खेलकुद महासंघ

काठमाण्डु टुडे २०७८ फागुन १० गते १५:५९ मा प्रकाशित

काठमाण्डु, १० फागुन– नेपाल खेलखुद महासंघ (नेकोस)ले सातौ प्रदेशमा प्रदेश अधिवेशन गर्न लागेको छ । फागुन ७ गते उपत्यका विशेष कमिटीको अधिवेशन गरिसकेको निकोसले अब सात भौगेलिक प्रदेशका अधिवेशन गर्न लागेको हो ।

जसअनुसार फागुन १४ गते बागमती प्रदेशको अधिवेशन मकवानपुरको हेटौडामा, फागुन १६ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा तथा फागुन १८ गते कर्णाली प्रदेशको अधिवेशन सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने नेकोसले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us