नेपालले यूएईविरुद्ध पहिला फिल्डिङ्ग गर्दै

काठमाण्डु टुडे २०७८ फागुन १० गते १५:३६ मा प्रकाशित

काठमाण्डु, १० फागुन– ओमानमा जारी आईसिसी टी – २० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत सेमिफाइनलमा नेपालले केही बेरमा युएईसगँ खेल्दै छ ।

नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा टस हारेर नेपालले पहिला फिल्डिङ्गको निम्तो पाएको छ । यो खेलमा जित हात पार्ने टोली अस्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि छनोट हुने छ । नेपाल समुहका तीनवटै खेलमा जित हात पार्दै सेमिफाइनल पुगेको हो ।

नेपालले समूहगत चरणमा ओमानलाई ७८, फिलिपिन्सलाई ८२ र क्यानडालाई ८० रनमा सिमित गरेको थियो । यता यूएईले जारी ओमान भ्रमणका क्रममा टेस्ट मान्यताप्राप्त आयरल्यान्डलाई दुईपटक पराजित गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us