लगातार जित्दै नेपाल सेमिफाइनलमा

काठमाण्डु टुडे २०७८ फागुन ९ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, ९ फागुन–  नेपालले आसन्न टी-२० विश्वकपमा स्थान बनाउन यूएईलाई हराउनुपर्ने भएको छ ।

ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो ।

अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका विजेता दुई टाेली विश्वकपका लागि छनाेट हुनेछन् ।

पहिलो ख‍ेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको नेपालले सोमबार भएको समूहको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटल‍े पराजित गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us