फिलिपिन्समाथि नेपालको शानदार जित

काठमाण्डु टुडे २०७८ फागुन ७ गते १५:२९ मा प्रकाशित

काठमाण्डु, ७ फागुन–  टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपाल १३६ रनको जित दर्ता गर्न सफल भयो । नेपालले दिएको २१९ रनको लक्ष्य पच्छ्याएको फिलिपिन्सका लागि जोर्डन अल्गेराले अविजित २७ ड्यानीयल स्मिथले २० रन जोडे । यस्तै जोनाथम हिलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए उनले ४ ओभर बलिङ गर्दै जम्मा ९ रन दिए । यस्तै जितेन्द्र मुखिया, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा गुल्सन झा र कुशल मल्लले एक एक विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us