फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य

काठमाण्डु टुडे २०७८ फागुन ७ गते १३:४४ मा प्रकाशित

काठमाण्डु, ७ फागुन– नेपालले टि २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो।

नेपालको खातामा ९ रन मात्रै हुँदा ओपनर आसिफ शेख शुन्यमा आउट भए । तेस्रो नम्बरमा पठाइएका कुशल मल्ल पनि चल्न सकेनन् । १० बलमा १२ रन बनाएर मल्ल आउट भएपछि नेपालको इनिङ कुशल भुर्तेल र दिपेन्द्र ऐरीले सम्हालेका थिए ।

कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रन बनाउँदै अन्त्यसम्म अविजित रहे । यस्तै दिपेन्द्रले ४७ बलमा ८३ रन प्रहार गर्दा ४ छक्का र ६ चौका वर्षाए । १८ औं ओभरमा दिपेन्द्र आउट भएपछि क्रिजमा आएका लोकेश बमले ३ बलमा एक छक्का प्रहार गर्न सफ भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us