फिलिपिन्सविरुद्ध कुशल भुर्तेलको शतक

काठमाण्डु टुडे २०७८ फागुन ७ गते १३:३९ मा प्रकाशित

काठमाण्डु, ७ फागुन–  टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्सविरुद्धको म्याचमा नेपालका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

भुर्तेललले ५७ बलमा शतक हान्दा १ छक्का र १३ चौका प्रहार गरे । सुरुदेखि आक्रामक अन्दाजमा पेश भएका उनले फिलिपिन्सका बलरहरुलाई कुनै मौका नदिइ आफ्ना शटहरु खेले । अन्तर्राष्ट्रिय टि–२० मा शतक प्रहार गर्ने उनी नेपालका तेस्रो ब्याट्सम्यान हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us