ओमानमाथि नेपालको शानदार जित

काठमाण्डु टुडे २०७८ फागुन ६ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– ओमानमा जारी टि – २० विश्वकप विश्वकप क्वालिफायरमा नेपालले सुखद सुरुवात गरेको छ ।

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पार्यो ।नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७८ रनमै अलआउट भयो । नेपालले ओमानमाथि ३९ रनको जित दर्ता गर्दा सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us