जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ

काठमाण्डु टुडे २०७८ फागुन १ गते १७:३९ मा प्रकाशित

काठमाण्डु, १ फागुन–   जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । ४८ हजार ७ सय ९० जनाले १०/१० कित्ताका दरले गोलाप्रथाबाट सेयर पाएका छन् ।

सो कम्पनीले ५ करोड २२ लाख रूपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ खुलाएको थियो । ०.५ प्रतिशत लघुवित्तका कर्मचारीहरूलाई, ५ प्रतिशत सामूहिक लगानी कोषहरूलाई र ४ लाख ८७ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि पाउने छन् ।

मेरोसेयर, बिक्री प्रवन्धक प्रभु क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङबाट सेयर परेको वा नपरेको हेर्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us