कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल

काठमाण्डु टुडे २०७८ माघ २४ गते १७:५० मा प्रकाशित

काठमाण्डु, २४ माघ– कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us