रुसलाई विन्टर ओलम्पिकमा पहिलो स्वर्ण

एजेन्सी २०७८ माघ २३ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, २३२ माघ–  अलेक्जेन्डर बोल्सुनोभले आईतबार स्वर्ण पदक जितेसँगै रुस ओलम्पिक कमिटी (आरओसी) ले बेइजिङ विन्टर ओलम्पिकमा पहिलो स्वर्ण पदक हात पारेको छ । आइतबार भएको पुरुषतर्फको स्कायाथलनमा एलेक्जेन्डरले स्वर्ण जित्दै रुसलाई पहिलो स्वर्ण पदक जिताएका हुन् ।

रुस हालसम्म सर्वाधिक चार पदक जित्ने टोली रहेको छ । उनले एक स्वर्ण पदक जित्दा दुई रजत र एक कास्य पदक जितेको छ । अलेक्जेन्डरले एक घण्टा १६ मिनेट ९ दशमलव ८ सेकेन्डमा स्वर्ण पदक जित्न सफल भए । आरओसीकै डेनिस स्पिटसोभ रजत तथा फिनल्यान्डका लिभो निस्कनेनले कास्य पदक जिते ।

हालसम्म १३ देशले पदक जित्दा ७ देशले स्वर्ण पदक हात पारेका छन् । दुई स्वर्ण जितेको नर्वे शीर्ष स्थानमा छ । रुससँगै स्लोभेनिया, चीन, नेदरल्यान्ड, न्युजिल्यान्ड, स्विडेनले एक-एक स्वर्ण पदक जितेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us