विमलको गोलले नेपालले मौरिससलाई हरायो

काठमाण्डु टुडे २०७८ माघ १५ गते १९:५३ मा प्रकाशित

काठमाण्डु, ११ माघ– नेपालले मैत्रीपूर्ण फुटबल खेलमा मरिससलाई हराएको छ ।

दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालले अफ्रिकी मुलुक मरिससलाई १–० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा खेलको ५४औँ मिनेटमा विमल घर्तीमगरले गरेको गोल नै निर्णायक बन्यो ।

मरिसससामु घरेलु मैदानमा आक्रामक रुपमा प्रस्तुत भएको नेपालले गोल गर्ने केही मौका गुमाएको थियो । नेपाल र मौरिससबीचको दोश्रो मैत्रीपूर्ण खेल आगामी मंगलबार हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us