कैलालीमा कोरोना संक्रमण ह्वातै बढ्यो– परीक्षण गर्दा आधाभन्दा बढीमा कोरोना संक्रमण

काठमाण्डु टुडे २०७८ माघ १ गते १५:१७ मा प्रकाशित

काठमाण्डु, १ माघ– पछिल्लो समय कैलालीमा कोरोना संक्रमण दर ह्वातै बढेको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार नमुना सङ्कलन गरिएकाको कोरोना परीक्षण गर्दा आधा भन्दा बढीमा कोरोना पुष्टि हुन थालेको बताएका छन् ।

उनले भने पछिल्लो २४ घण्टामा १८७ को नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना सङ्क्रमण देखिएको बताउछन् । धनगढीको कोरोना अस्पतालमा गरिएको परीक्षण मध्ये ८३ जनामा भने नेगेटिभ देखिएको उनले बताए । हाल सम्म १ हजार ६सय ३५ बिरामी मध्ये निको भई घर गएका १ हजार ४ सय ५ रहेका छन् ।

यसैगरी सोहि अवधिमा कैलालीको कैलारी गाउँपालिका ५ का ५३ वर्षीय महिलाको कोरोनाको कारण ज्यान गएको उनले बताए । हाल सम्म कैलालीमा मात्रै कोरोना सङ्क्रमणका कारण २१२ जनाको मृत्यु भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us