गृहमन्त्री खाण र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट

काठमाण्डु टुडे २०७८ पुष ३० गते १६:१३ मा प्रकाशित

काठमाण्डु, ३० पुस– गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले आज (शुक्रबार) शिष्टाचार भेट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।भेटमा गृहमन्त्री खाणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरे ।

‘नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययनमा सहज व्यवस्था मिलाउन अस्टे«लियन सरकारसँग आग्रह छ,’ गृहमन्त्री खाणले भने, ‘त्यहाँ अध्ययनरत विद्यार्थीले पढाइका अलवा हप्तामा २० घण्टा काम गर्न पाउँछन् । त्यो समय केही बढाउने बातावरण मिलाउन पनि आग्रह छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us