भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

काठमाण्डु टुडे २०७८ पुष ३० गते १०:२८ मा प्रकाशित

काठमाण्डु, ३० पुस–  भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ ।  भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रीय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us