ए डिभिजन लिग : पहिलो हाफमा थ्री स्टारलाई दुई गोलको अग्रता

काठमाण्डु टुडे २०७८ पुष १७ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, १७ पुस– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीचको खेल जारी छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २– ० को अग्रता बनाएको छ । थ्री स्टारका लागि आयुष घलान र ऋतिक कुमार खड्काले एक एक गोल गरे । जारी लिगमा थ्री स्टार ६ खेलमा ७ अंकसहित आठौं स्थानमा रहेको छ । समान खेल र अंक भए पनि जावलाखेल गोल नवौँ स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us