सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित

काठमाण्डु टुडे २०७८ पुष १० गते ११:५२ मा प्रकाशित

काठमाण्डु, १० पुस– नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आज (शनिबार) सहज जित निकालेको छ ।

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५– ५, २५– १५ र २५– १७ को सोझो सेटमा पराजित गर्‍यो ।

नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । महिला टोलीले आइतबार दिउँसो सवा १ बजे उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्ध ३– २ र शुक्रबार माल्दिभ्सविरुद्ध ३– ० को जित निकालेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us