बढेको ब्याजदर फिर्ता लिन बैंकलाई महासङ्घको माग

काठमाण्डु टुडे २०७८ पुष १० गते ११:२३ मा प्रकाशित

काठमाण्डु, १० पुस– नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ। महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ– ‘बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us