
काठमाण्डु, ९ पुस– आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
तर, यता चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै शुक्रबार प्रतितोला एक हजार २६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।