
काठमाण्डु, ८ पुस–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । अब आइतबार कारोबार खुल्दा सोही मूल्यका आधारमा खुल्नेछ ।