पुस अन्तिमदेखि बुस्टर डोज दिने तयारी

काठमाण्डु टुडे २०७८ पुष ८ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, ८ पुस– सरकारले छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिने गरी सरकारले तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अनुमति पाएको खण्डमा छिट्टै बुस्टर डोज दिन सरकार तयारी अवस्थामा रहेको बताए।

बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र विस्तारै वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने उनले जानकारी दिए। केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले आधा जनसंख्यालाई दुवै डोज खोप दिएपछि बुस्टर डोज दिन सकिने सुझाव दिएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us