
काठमाण्डु, ८ पुस– नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य पनि ७ सय रूपैयाँले नै बढेको छ । तेजाबी सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९२ हजार १ रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेर आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।