सेयर बजारमा उच्च अंकको सुधार, सूचकसँगै कारोबार रकम पनि बढ्याे

काठमाण्डु टुडे २०७८ पुष ७ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, ७ पुस– साताको चौंथो कारोबार दिन आज पनि उकालो लागेको छ । अघिल्लो दिन ५६ अंकले बढेको नेप्से आज ९२ दशमलव १६ अंकले बढेर २५ सय सात दशमलव ७० अंकमा चढेको छ ।

त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ७४ अंकले बढेर चार सय ७७ दशमलव २६ अंकमा चढेको छ । दुई सय ३३ वटा कम्पनीहरुको ५५ हजार नौ सय ९७ पटकको कारोबारमा ८१ लाख चार हजार तीन सय १९ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार एक सय ४३ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहहरुको कारोबार हुंदा सबै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३७ दशमलव १४ अंकले बढेर १७ सय १२ दशमलव ७० अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि एक सय ६२ दशमलव ६६ अंकले बढेर २८ सय ५९ दशमलव ७० अंकमा चढेको छ ।

निर्जिवन बिमा समूहको सूचक पनि चार सय ८७ दशमलव ३६ अंकले बढेर १० हजार सात सय १९ दशमलव ७९ अंकमा चढेकोमा विकास बैंक, फाईनान्स, जीवन बिमा, ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।

त्यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्र्रालिको प्रतिकित्ता सात हजार रुपैयाँ अन्तिम मूल्यमा ६८ करोड ३४ लाख ५० हजार चार सय ५२ रुपैयाँ १० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

नेप्सेमा आज अरुण भ्याली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ३७ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा नबिल बैंक डिवेञ्चर–८५ को प्रतियुनिट सेयर मुूल्य चार दशमलव ५९ प्रतिशतले घटेर नौ सय ३५ रुपैयाँ अन्तिम मूल्यमा किनबेच भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us