बुधबार सुनकाे भाउ घट्याे

काठमाण्डु टुडे २०७८ पुष ७ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, ७ पुस– नेपाली बजारमा आज (बुधबार) छापावाल सुन प्रतितोला ४ सय रूपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, अघिल्लो दिन सुन ९३ हजार रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य पनि ४ सय रूपैयाँले घटेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९२ हजार ५ रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रूपैयाँले बढेको छ । आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us