मंगलवार ५६ अंकले बढ्यो सेयर बजार

काठमाण्डु टुडे २०७८ पुष ६ गते १५:५० मा प्रकाशित

काठमाण्डु, ६ पुष– केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार मंगलवार ५६ अंकले बढेको छ। सेयर बजार नेप्से परिसूचक ५६ दशमलव ७३ अंकले बढेर २४१२ दशमलव ३६ विन्दुमा पुगेको हो। आज सबै उपसमुहरु बढेका छन्।दिनभरीमा २२६ कम्पनीका ४९ लाख ७४ हजार २५३ सेयर किनबेच हुँदा दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८७४ रुपैयाँको कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सबैभन्दा धेरै हिमालयन डिस्टीलरी लिमिटेड १४ करोड ५८ लाख ६९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै नबिल बैंकको १४ करोड १८ लाख ४ हजार, नेपाल दूर सञ्चार कम्पनीको दश करोड ३९ लाख ३८ हजार, मञ्जुश्री फाइन्नास कम्पनीको सात करोड ५५ लाख ६५ हजार र एनएमबि बैंकको ६ करोड ४८ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ।

आज सबैभन्दा धेरै ग्रीनलाइफ डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us