बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७८ पुष ५ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, ५ पुष–  नेपाली बजारमा आज (साेमबार) सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन सुन ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले नै बढेकाे छ । तेजाबी सुन आज ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आइतबार १२ सय ४५ रुपैयाँमा नै कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us