
काठमाण्डु, ४ पुस– साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कामय भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज चार सय रुपैयाँले नै घट्दै ९३ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने गत शुक्रबारको मूल्य पाँच रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।