भारतमा जब सत्तारुढ दलका सांसदले मञ्चमै खेलाडीलाई झापड हानेपछि

काठमाण्डु टुडे २०७८ पुष ३ गते १७:०० मा प्रकाशित

काठमाण्डु, ३ पुष–  भारतको झारखण्ड राज्यस्थित राजधानी राँचीमा एक राष्ट्रिय खेलका क्रममा सत्तारुढ भारतीय जनता पार्टीका सांसदले खेलाडीमाथि हातपात गरेका छन् ।

भारतको उत्तर प्रदेशस्थित कैसरगंजबाट प्रतिनिधित्व गर्ने सांसद बृजभूषण शरण सिंहले युवा पहलवान खेलाडीमाथि मञ्चमै जाइलागेर दुई झापड हानेका हुन् । सत्तारुढ सांसदले थप्पड प्रहार गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । खेलाडीमाथि दुर्व्यवहार गरेको भन्दै सांसद सिंहका साथै भाजपाको पनि आलोचना भइरहेको छ ।

प्रतियोगितामा भाग लिन नपाएका पहलवानले कुश्ती महासंघका अध्यक्ष सिंहसँग खेल्न पाउन गुहार माग्दा झापड भेटेका हुन् । आयोजकले उनको उमेर बढी भएको भन्दै खेल्न अनुमति दिएको थिएन । उनी खेल्नका लागि पहल गरिदिन अनुरोध गर्दै सांसद सिंह कहाँ पुगेका थिए । तर सिंहले मञ्चबाटै झापड हानेर लखेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us