बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ पुष २ गते १०:५९ मा प्रकाशित

काठमाण्डु, २ पुष– आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रूपैयाले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५०० छ जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ५०० तोकिएको थियो ।

आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला रु एक हजार २५० मा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us