तीन सहमहामन्त्री पदको मतगणना जारी

काठमाण्डु टुडे २०७८ पुष १ गते १७:१६ मा प्रकाशित

काठमाण्डु, १ पुस– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो । दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार छन् । त्यस्तै गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us