देउवालाई बधाइ दिँदै अमेरिकाले भन्यो : हामी लोकतन्त्र र मानवअधिकारको पक्षमा छौं

काठमाण्डु टुडे २०७८ मंसिर २९ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर–  नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले बधाइ तथा शुभकामना दिएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत देउवालाई बधाइ दिएको हो ।

देउवा सभापति भएपछि पहिलोपटक बधाइ दिने मुलुक अमेरिका बनेको छ । बधाइ सन्देशमा अमेरिकाले आफू लोकतन्त्र, मानवअधिकार र निश्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा रहेको समेत बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us